जोडिनुहोस
  • होमपेज
  • पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फोटो प्रदर्शनी

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फोटो प्रदर्शनी

नेपाल र चीनबीच सांस्कृतिक आदानप्रदान एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास तथा नेपाल फोटो पत्रकार महासङ्घको समन्वय तथा चीनको प्रान्तको सान्दोङ प्रान्त र सान्दोङ बिन्जु फोटोग्राफी एशोसिएसनको आयोजनामा काठमाडौंको पर्यटन बोर्डमा नेपाल सान्दोङ बिन्जु सांस्कृतिक सप्ताह तथा सान्दोङ फोटो प्रदर्शनी सुरु भएको हो ।

प्रदर्शनी एक सातासम्म सञ्चालन हुनेछ । चिनियाँ नयाँ वर्षका अवसरमा आयोजना गरिएको उक्त फोटो प्रदर्शनीको उद्घाटन गर्दै बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले नेपाल र चीनबीच लामो धार्मिक तथा सांस्कृतिक सम्बन्ध रहिआएको भन्दै फोटा प्रदर्शनीले दुई देशबीचको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए । फोटो प्रदर्शनीमा सान्दोङ प्रान्तका विभिन्न ६० वटा तस्वीर राखिएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका