जोडिनुहोस
  • होमपेज
  • कांग्रेस अभियानमा भुईमान्छेका कुरा सुनिन्छ  डा पोखरेल

कांग्रेस अभियानमा भुईमान्छेका कुरा सुनिन्छ  डा पोखरेल

कांग्रेसका केन्द्रीय सदस्य डा।गोविन्द पोखरेलले कांग्रेसले शुरु गरेको समुदायमा कांग्रेस अभियानमा भुईमान्छेका कुरा सुनिने बताएका छन् । सोमबार चितवनमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले यो अभियानमा नेताको भाषण सुन्ने नभएर जनताका कुरा सुन्ने बताएका हुन् । गाउँगाउँमा पुगेर आम नागरिकको धारणा लिएर पार्टीले नीति बनाउने उनको भनाई छ । वीपी कोइरालाले जनतासँग धारणा बुझेर नीति बनाएको भन्दै उनले अहिलेको परिवेश अनुसार कांग्रेस अघि बढ्नलाई अभियान सार्थक हुने बताए । बसाई सराई, प्रविधिको हस्तक्षेप, अन्तर्राष्ट्रिय ज्ञान, लगायतका कारण परिवेश फेरिएको भन्दै उनले सोही अनुसार अघि बढ्न अभियान गरिएको बताए ।गाउँगाउँमा नागरिकसँगै पेशाकर्मीहरुसँग छलफल गरेर पार्टीले धारणा बनाउन अभियान शुरु गरिएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका