जोडिनुहोस
  • होमपेज
  • फेसबुकका सीईओ जुकरबर्गले किन मागे माफी ?

अन्तर्राष्ट्रिय

फेसबुकका सीईओ जुकरबर्गले किन मागे माफी ?

फेसबुकका सीईओ जुकरबर्गले किन मागे माफी ?

सामाजिक सञ्जाल कम्पनी फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरबर्गले माफी मागेका छन् । अमेरिकाको सिनेटमा सुनुवाइबिच चर्काचर्की भएपछि सामाजिक सञ्जालका कारण बालबालिका गुमाएका परिवारसँग जुकरबर्गले माफी मागेका हुन् । बुधबार जुकरबर्गसमेत पाँच शीर्ष सामाजिक सञ्जाल कम्पनीका सीईओहरु बालबालिकाको सुरक्षाको मुद्दासम्बन्धी सुनुवाइमा बयान दिन सिनेट पुगेका थिए ।

सुनुवाइका क्रममा जुकरबर्गले सामाजिक सञ्जालकै कारण छोराछोरी गुमाएका मातापिताबाट चर्को आलोचना खेप्नु परेको थियो भने सिनेटरहरूले उनलाई र्‍याखर्‍याख्ती पारेका थिए । दर्शक दीर्घामा बसेका केहीले हातमा इन्ष्टाग्रामले कसरी बाल आत्महत्या र शोषण बढाएको छ भन्ने देखाउने पोस्टर हातमा लिएका थिए । फेसबुक र इन्ष्टाग्रामको मातृ कम्पनी मेटासमेत अन्य सामाजिक सञ्जाल मञ्चहरू प्रायः बालबालिकाको सुरक्षाको विषयलाई लिएर आलोचित बनिरहेका छन् । सामाजिक सञ्जाल कम्पनीका प्रडक्टले अनलाइनमा बालबालिकाहरू यौन शोषण भइरहेको, मान्छे मारिरहेको भन्दै सिनेटरहरू जुकरबर्गसँग भड्किएका थिए । अनलाइनमा बालबालिकाहरूको सुरक्षाका लागि कम्पनीहरूले के के गरिरहेका छन् भनेर सिनेटरहरूले जान्न चाहेका थिए ।

सामाजिक सञ्जालमा पोस्ट हुने सामाग्रीका लागि ती कम्पनीहरूलाई जिम्मेवार बनाउन अहिले कंग्रेसमा विधेयक पुगेको छ । सिनेटमा जुकरबर्ग र टिकटकका सीईओ शोउ जि चिउले स्वैच्छिक रूपमै बयान दिन सहमत भएका थिए । तर स्न्याप, डिस्कर्ट र एक्सका सीईओले मानेनन् । सुनवाइमा सिनेटर र दर्शकहरूको अधिकांश निशाना जुकरबर्गमाथि थियो । ‘तपाईंको परिवारले भोगेको पीडाबाट कोही पनि गुज्रिनु हुँदैनथ्यो ।’ भनेर जुकरबर्गले भनेका छन् । अनलाइनमा बालबालिकाहरूलाई जोगाउने विषयमा प्रगति नभएको देखेर सिनेटरहरू क्रुद्ध देखिन्थे । माफी माग्ने क्रममा जुकरबर्गले कम्पनीले यसका लागि ठुलो लगानी गरिरहेको समेत बताएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका