जोडिनुहोस
  • होमपेज
  • हिउँ परेपछि सेताम्मे मैकोट गाउँ 

हिउँ परेपछि सेताम्मे मैकोट गाउँ 

आज बिहानैदेखि देशभरका विभिन्न ठाउँमा पानी परेको छ । हिउँदे वर्षाका कारण हिमाली तथा पहाडी क्षेत्रका विभिन्न क्षेत्रमा हिमपातसमेत भएको छ । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वमा पनि बाक्लो हिमपात भएको छ । रुकुम पूर्वको सबैभन्दा दुर्गम क्षेत्र मानिने पुथा उत्तरगङ्गा गाउँपालिकाको वडा नम्बर १ मैकोट गाउँ हिउँले सेताम्मे भएको छ । हिउँ परेपछि चिसो बढे पनि स्थानीयवासी खुशी भएका छन् । हिउँदे बाली गहुँ र जौ सप्रने भन्दै किसान खुशी भएका मैकोट गाउँका आशिष घर्ती मगरले जानकारी दिनुभयो । हिमपात गहुँ र जौ खेतीका लागि मलसरह मानिन्छ ।

हिमपातपछि विशेशगरी बालबालिका र वृद्धवृद्धाको जीवन बनेको छ । बिहानैदेखि परेको हिउँका कारण बालबालिका विद्यालय जान सकिरहेका छैनन् । स्थानीय हिमालय माविका शिक्षक चिरञ्जीवी मल्लले जिल्लाका विभिन्न ठाउँमा हिमपात भएको बताउनुभयो । उहाँले वर्षासँगै हिमपात भइरहेकोले विद्यार्थी विद्यालय आउन नसकेको जानकारी दिनुभयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका