जोडिनुहोस
  • होमपेज
  • चिलीमा डढेलो, कम्तीमा ४६ जनाको मृत्यु

अन्तर्राष्ट्रिय

चिलीमा डढेलो, कम्तीमा ४६ जनाको मृत्यु

चिलीमा डढेलो, कम्तीमा ४६ जनाको मृत्यु

चिली । चिलीका राष्ट्रपति गेब्रियल बोरिकले मध्य चिलीको भल्पराइसो क्षेत्रको जंगलमा जारी आगलागीमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।उनले मृतकको संख्या अझै बढ्न सक्ने आशंका व्यक्त गरेका हुन् ।

अधिकारीहरूका अनुसार आगलागीबाट समुद्री किनारको पर्यटक सहर भिना डेल मार वरपरका क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका छन्। राहत र उद्धार टोलीका कर्मचारी प्रभावित क्षेत्रमा पुग्न संघर्ष गरिरहेका छन् ।

भिना डेल मार सहरका मेयरले सहरका २०० भन्दा बढी बासिन्दा बेपत्ता भएको बताएका छन् । गृह मन्त्रालयका अनुसार यस आगलागीबाट देशभर ४३० वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफल प्रभावित भएको छ । सामान्यभन्दा बढी गर्मी र तेज हावाका कारण आगलागी भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका