जोडिनुहोस
  • होमपेज
  • वेस्ट इन्डिज ए क्रिकेट टोली नेपाल आइपुग्यो

वेस्ट इन्डिज ए क्रिकेट टोली नेपाल आइपुग्यो

नेपालसँगको पाँच वटा खेलको टी–२० क्रिकेट शृङ्खलाका लागि वेस्ट इन्डिज ए क्रिकेट टोली नेपाल आइपुगेको छ । वेस्ट इन्डिज ए टोली आज बिहान नेपाल आइपुगेको हो ।

नेपाल र वेस्ट इन्डिज ए बीचको पहिलो खेल आउँदो शनिवार हुनेछ । दोस्रो खेल आइतवार, तेस्रो खेल बुधवार, चौथो खेल बिहीवार र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ । सबै खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ए सँग शृङ्खला खेल्न लागेको हो । यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ ।

वेस्ट इन्डिज पहिलो पटक नेपाल भ्रमणमा आएको हो । यो शृङ्खलाका लागि वेस्ट इन्डिज क्रिकेट बोर्डले अनुभवी खेलाडी रोस्टन चेसको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । वेस्ट इन्डिज दुई पटकको टी–२० विश्वकप विजेता टोली पनि हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका