जोडिनुहोस
  • होमपेज
  • काठमाण्डौ महानगरभित्रका स्वास्थ्य संस्थाले अब अनलाइनबाट मासिक प्रतिवेदन बुझाउनुपर्ने

काठमाण्डौ महानगरभित्रका स्वास्थ्य संस्थाले अब अनलाइनबाट मासिक प्रतिवेदन बुझाउनुपर्ने

काठमाण्डौ महानगरपालिका क्षेत्रभित्र निजी अस्पताल, सामुदायिक अस्पताल, पोलिक्लिनिकका नाममा दर्ता भएका स्वास्थ्य संस्थाले अनलाइन प्रणालीबाट मासिक प्रतिवेदन बुझाउनुपर्ने भएको छ । यसका लागि महानगरले एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली आईएचएमआईएसको युजन नेम र पासवर्ड उपलब्ध गराउन थालेको छ । युजर नेम र पासवर्डसँगै प्रणाली कसरी सञ्चालन गर्ने भन्ने विषयमा स्वास्थ्य विभागले प्रशिक्षण दिने गरेको छ ।

स्वास्थ्य विभागका प्रमुख सजिना महर्जनका अनुसार यसअघि स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली एचएमआईएस कार्यान्वयनमा थियो । त्यसलाई विकसित र परिष्कृत गर्दै महानगरले एकीकृत प्रणाली कार्यान्वयनमा ल्याएको हो । महानगरपालिकाले अस्पताल दर्ता तथा नवीकरणलाई पनि अनलाइन प्रणालीमा आबद्ध गर्ने तयारी गरेको छ ।

विभागकी सिनियर अनमी निरीक्षक लक्ष्मी पौडेलका अनुसार महानगरभित्र निजी, सामुदायिक अस्पताल, पोलिक्लिनिक र फार्मेसीसहित झन्डै तीन हजार स्वास्थ्य संस्था छन् । विशेषज्ञ स्वास्थ्य सेवा दिने अस्पतालको सङ्ख्या झन्डै ७० वटा छन् । यसलाई अद्यावधिक गराएर वास्तविक सङ्ख्या यकिन गर्ने काम भइरहेको छ ।

एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीले औषधि पसलबाहेक रोगको परीक्षण र उपचार गर्ने संस्थालाई समेटेको छ । यसबाट प्राप्त विवरणले सहरमा कति बिरामीले स्वास्थ्य परीक्षण गराए, कुन रोगको कति बिरामीले उपचार गराए, उनीहरूको उमेर समूह कुन थियो, प्रयोगशाला परीक्षण कति जनाको भयो, एक्स–रे कति जनाले गराए, ओपीडी सेवा कतिले लिएजस्ता सेवा र रोगसँग सम्बन्धित विवरण थाहा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका