जोडिनुहोस
  • होमपेज
  • रास्वपाको कर्णालीका सबै कमिटी र विभाग विघटन

रास्वपाको कर्णालीका सबै कमिटी र विभाग विघटन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णाली प्रदेशका सबै कमिटी विघटन गरेको छ । आइतबार बसेको सचिवालय बैठकले प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति र विभाग विघटन गर्ने निर्णय गरेको हो । रास्वपाका महामन्त्री मुकुल ढकालले कर्णाली प्रदेशका सबै कमिटी र विभाग विघटन गर्ने निर्णय भएको जानकारी दिए ।

साथै कर्णाली प्रदेशमा ३ महिने ‘कर्णाली विशेष अभियान’ सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । यो अभियानमा संसदमा कर्णालीका मुद्दाहरुलाई विशेष प्राथमिकतासाथ उठान गर्दै सरकारलाई घच्घच्याउने र पार्टी संगठनका गतिविधि एवं कार्यक्रमहरुलाई व्यापक रुपमा अगाडि बढाइने महामन्त्री ढकालको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका