जोडिनुहोस
  • होमपेज
  • ट्रेजरी बिल्सको ब्याजदर एकल अंकमा झर्यो

ट्रेजरी बिल्सको ब्याजदर एकल अंकमा झर्यो

काठमाडौ‍ं । ट्रेजरी विल्सको ब्याजदर एकल अंकमा झरेको छ । २८ दिने ट्रेजरी बिल्सको ब्याजदर ८.५५ प्रतिशत, ९१ दिनको ९.७९ प्रतिशत, १८२ दिनको ९.८० प्रतिशत र ३६४ दिनको ९.६४ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

ट्रेजरी बिल्सको ब्याजदर औषत ब्याजदर १२ प्रतिशतसम्म पुगेको थियो । यसले सरकारको आन्तरिक ऋणको दायित्वलाई केही कम गर्नेछ ।
ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

सरकारले वार्षिक बजेट अनुसार समय तालिका बनाएर आन्तरिक ऋण उठाउँदै आएको छ । आन्तरिक ऋण उठाउने एउयटा उपकरण ट्रेजरी बिल्स पनि हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका