जोडिनुहोस
  • होमपेज
  • कांग्रेस महासमिति बैठकमा हिन्दुराष्ट्रको पक्षमा १३० जना माथिको हस्ताक्षर संकलन

कांग्रेस महासमिति बैठकमा हिन्दुराष्ट्रको पक्षमा १३० जना माथिको हस्ताक्षर संकलन

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकस्थल ललितपुरको गोदावरीमा हिन्दुराष्ट्रको पक्षमहस्ताक्षर अभियान चलाएको छ । अहिले महासमिति बैठकको बन्दसत्र चलिरहेको बेला कांग्रेसका २२ नेताहरूले हिन्दुराष्ट्र स्थापना अभियानको गठन गरेर संकलन थालेका हुन् । उक्त अभियान महासमिति बैठक बाहिर जारी छ ।

हिन्दुराष्ट्रको पक्षमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा। शशांक कोइराला र अर्का पूर्वमहामन्त्री तारानाथ रानाभाटसहितले हस्ताक्षर गरेको अभियानका सह–संयोजक एवम् कांग्रेस नेता लोकेश ढकालले जानकारी दिए । नेपाली कांग्रेस वैदिक सनातन हिन्दूराष्ट्र स्थापना अभियानले महासमिति बैठकस्थलमा हस्ताक्षर संकलन कक्ष बनाएको छ । बन्दसत्र चलिरहँदा मुख्य हलअगाडि सनातन हिन्दू राष्ट्र महाअभियानले हस्ताक्षर संकलन गरेको हो। कांग्रेस महासमिति सदस्यहरू अहिले हस्ताक्षर गरिरहेका छन्।

महासमिति बैठकअघि हिन्दु राज्यको एजेन्डामा पार्टीलाई फर्काउन केन्द्रीय समन्वय समिति बनाइएको थियो। केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीको अध्यक्षतामा बसेको बैठकले समिति गठन गरेको थियो । महाअभियानको सहसंयोजकमा पूर्वगृहराज्यमन्त्री तथा केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र काठमाडौं जिल्लाका पूर्वसभापति तथा समाजवादी चिन्तक लोकेश ढकाल चयन भएका थिए भने समितिको कोषाध्यक्षमा भानुभक्त ढकाल चयन भएका थिए। सनातन हिन्दु राष्ट्र स्थापना महाअभियानको सल्लाहकार परिषद संयोजकमा पूर्वमन्त्री तथा कांग्रेसका पूर्व प्रमुख सचेतक लक्ष्मण घिमिरेलाई तोकिएको थियो।

त्यो बैठकले केन्द्रीय कार्यसमिति बैठकमा हिन्दु राष्ट्रको एजेन्डा उठाउने निर्णयसमेत गरेको थियो। त्यहीअनुसार २२ नेताले हिन्दुराष्ट्रको पक्षमा पार्टीलाई लैजान पूरक प्रस्ताव दर्ता गराएका थिए। तर कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले हिन्दु राष्ट्रको अभियानलाई अहिले पार्टीले छलफलको एजेन्डा नबनाउने बताएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका