जोडिनुहोस
  • होमपेज
  • सभामुख घिमिरे र विभिन्न दलहरूबीच छलफल

सभामुख घिमिरे र विभिन्न दलहरूबीच छलफल

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नयाँ कार्यतालिका अनुसार संसद्को काम कारवाहीलाई सहज रुपमा अघि बढ्ने वातावरण बनाउन दलहरूसंग आग्रह गरेका छन् ।

शनिबार सिंहदरबारमा संसद्का प्रतिनिधित्व गर्ने दलका मुख्य सचेतक र सचेतकहरुसंग छलफल गर्दै सदनको अवरोध हटाई नयाँ कार्यतालिका अनुसार सदनलाई सहज रुपमा अघि बढाउने वातावरण बनाउन आग्रह गरे ।

छलफलपछि कांग्रेस सचेतक सुशीला थिङले चैत्र १८ देखि २१ गतेसम्म सदनको बैठक चल्ने र त्यसलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको जानकारी दिइन् ।

त्यस्तै राजनीति दलसम्बन्धी विधेयक विवादमा जोडिएकाले यसलाई २७ गतेको बैठकसम्मलाई सार्ने सहमति भएको उनले बताए । उनले बैठकमा सदनमा कांग्रेसले राखेको मागका विषयमा पदाधिकारी बैठकमा छलफल गर्ने सदनमा कसरी अघि बढ्ने भन्ने विषयमा निष्कर्षमा पुगिने जानकारी दिए । गृहमन्त्रीमा बारेमा संसदीय छानविन समिति बनाउनुपर्ने अडान कायमै रहेको उनको भनाइ छ ।

त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कार्यतालिकालाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए । समितिको बैठक पनि मिति नै तोकेर कार्यतालिका बनाइने, समितिबाट पारित भएका विधेयकहरुलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने लगायतका विषयमा छलफल भएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका