जोडिनुहोस
  • होमपेज
  • अपाङ्गता भएका महिलाहरूको राष्ट्रिय सम्मेलन सुरु

अपाङ्गता भएका महिलाहरूको राष्ट्रिय सम्मेलन सुरु

काठमाडौँ । अपाङ्गता भएका महिलाहरूको राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ । ‘मलाइ पनि तिमिसंगै गणना गर: मेरो आवाजले अर्थ राख्छ’ भन्ने नाराका साथ फागुन १८ गते सुरु भएको कार्यक्रम काठमाडौँ घोषणापत्र जारी गर्दै २० गते सम्पन्न हुनेछ । ठमेलको होटल मनाङमा संचालन भैरहेको कार्यक्रममा ७ प्रदेशबाट ३६ जना अपाङ्गता भएका महिला र महिला एवं अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका राष्ट्रिय स्तरका सँस्थाका प्रतिनिधि गरि ९० जना बढी कार्यक्रममा सहभागी छन् ।

अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा महिला र अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका सँस्थाहरु दलित महिला संघ (फेडो), राष्ट्रिय आदिवासी जनजाती अपाङ्ग महिला संघ नेपाल, नेत्रहीन महिला संघ नेपाल, एक्सेस प्लानेट नेपाल र पहिचान नेपालको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । उपसभामुख इन्दिरा रानामगर उद्घाटन गरेको कार्यक्रममा राष्ट्रिय सभा सदस्य पदम परियार, राष्ट्रिय महिला आयोगको अध्यक्ष कमला पराजुली, समावेशी आयोगका प्रतिनिधि लगायतको समेत उपस्थिति रहेको छ ।

कार्यक्रममा बोल्दै उपसभामुख रानामगरले अपाङ्गता भएका महिलाहरूको सवालहरुमा आफू चिन्तित रहेको र आफ्नो तर्फबाट नीतिगत तहबाट सक्दो सहयोग गर्ने बताइन् । अपाङ्गता भएका महिलाहरुको बिबिधता, अन्तरसम्बन्धताका सवाल, अर्थपूर्ण सहभागीता र न्यून प्रतिनिधित्व तथा सिमान्तकृत अपाङ्गता भएका महिलाहरुको सवाल एवं समस्याहरुको पहिचान गरि सोको सम्बोधनको लागि निति निर्माणमा निर्णायक तहका ब्यक्ति र सरोकारवाला निकायहरुलाई दवाब दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको दलित महिला संघ (फेडो)को अध्यक्ष कला स्वर्णकारले बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका