जोडिनुहोस
  • होमपेज
  • बागमती प्रदेशसभा बैठक ; विशेष समितिको प्रतिवेदन पारित

बागमती प्रदेशसभा बैठक ; विशेष समितिको प्रतिवेदन पारित

बागमती प्रदेशसभाको आज अपराह्न बसेको बैठकले आर्थिक वर्ष २०८०-०८१ को बजेट तथा कार्यक्रम व्यवस्थापन समितिको प्रतिवेदन सर्वसम्मतिबाट पारित गरेको छ ।उक्त बैठकमा विशेष समितिको प्रतिवेदनमाथि छलफलमा सहभागी हुँदै प्रदेशसभा सदस्य केशवप्रसाद पोखरेलले प्रदेशमा सुशासन कायम गर्न, जनताप्रति जवाफदेहीता बढाउन र सन्तुलित बजेटका लागि सो प्रतिवेदन सबैको साझा दस्ताबेज भएको बताए ।

उक्त अवसरमा प्रदेशसभाका सदस्य मधुकुमार श्रेष्ठले प्रदेश सरकारलाई बजेटमा पारदर्शिता अपनाउन र निष्पक्ष ढङ्गबाट जनताका आधारभूत आवश्यकतालाई परिपूर्ति गर्न सुझाव दिए । अर्का सदस्य भरतबहादुर केसीले प्रदेश सरकारले बजेट विनियोजन गर्दा जनताप्रति जवाफदेही हुनेखालका योजनालाई उच्च प्राथमिकतामा राख्नुपर्ने र सत्तापक्ष वा मन्त्री भएपछि जिल्लामा धेरै बजेट पार्न सकिन्छ भन्ने भावना त्याग्नुपर्ने बताए । बागमती प्रदेशसभाको अर्को बैठक अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका