जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानमा राष्ट्रपतिले छोरीलाई प्रथम महिला बनाएपछि विश्वभर चर्चा

पाकिस्तानमा राष्ट्रपतिले छोरीलाई प्रथम महिला बनाएपछि विश्वभर चर्चा

पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले आफ्नी छोरी आसीफालाई प्रथम महिला बनाएपछि त्यसको चर्चा भइरहेको छ । सामान्यतया कुनै देशको राष्ट्रपति वा प्रधानमन्त्रीको पत्नीलाई प्रथम महिलाको दर्जा दिने गरेकोमा छोरीलाई त्यस्तो दर्जा दिएपछि पाकिस्तानसहित विश्वमै चर्चा भइरहेको हो ।

आसीफा अली जर्दारीले प्रथम महिलालाई दिइने सबै सुविधा पाउनुहुने छ । पाकिस्तानमा छोरीलाई कसरी प्रथम महिला बनाउन मिल्छ भन्ने बहस चलेको छ ।

पाकिस्तानको पत्रिका द एक्सप्रेस ट्रिब्यूनु ले गरेको कुराकानीमा कानुनका जानकारहरूले राष्ट्रपतिसँग आफ्नो परिवारको कुनै महिला सदस्यलाई प्रथम महिलाको उपाधि दिने अधिकार हुने बताएका छन् । आसीफा पाकिस्तानमा पोलियो रोग नियन्त्रणसम्बन्धी अभियानमा सक्रिय हुनुहुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका