जोडिनुहोस
  • होमपेज
  • ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं । नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज आइतबार दुई खेलहरु हुँदैछन् । लिगको तेस्रो चरण अन्तर्गत आइतबार एक खेल एन्फा कम्प्लेक्स सातदोबाटो र एक खेल च्यासल मैदानमा हुनेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र मछिन्द्रबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ आज दोस्रो जितको खोजीमा हुनेछ । मनाङ २ खेलमा ४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

साविक विजेता मछिन्द्र भने पहिलो जितको खोजीमा रहेको छ । मछिन्द्रले दुई खेलमा अंक जोड्न सकेको छैन । मछिन्द्र १३ औं स्थानमा रहेको छ ।

यस्तै च्यासल मैदानमा न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र आर्मीबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

एनआरटी पहिलो जित निकाल्ने योजनामा रहेको छ । एनआरटीले २ खेलमा अंक जोड्न सकेको छैन । एनआरटी १२ औं स्थानमा रहेको छ ।

आर्मी दोस्रो जितको खोजीमा हुनेछ । आर्मीले २ खेलमा ४ अंक जोडेको छ । आर्मी पाँचौं स्थानमा रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका