जोडिनुहोस
  • होमपेज
  • पुटिन छैटौं पटक राष्ट्र प्रमुख बन्ने लगभग पक्का

पुटिन छैटौं पटक राष्ट्र प्रमुख बन्ने लगभग पक्का

मस्को । भ्लादिमर पुटिन छैटौं पटक राष्ट्रपति बन्ने लगभग पक्का भएको छ । तीन दिनसम्म चलेको मतदान प्रकिया आज सकिएसँगै आजै साँझ सम्भवतः नयाँ राष्ट्रपतिमा निर्वाचित भएको घोषणा हुनेछ । रूसको राजनीति हेर्दा चुनावअघि नै पुटिन फेरि राष्ट्रपति बन्ने निश्चित मानिएको छ । वास्तवमा, पुटिन विगत २४ वर्षदेखि रुसको सत्ता र राजनीतिको केन्द्रमा रहेका छन् । पुटिनका धेरैजसो विपक्षी अहिले जेलमा छन् वा निर्वाचन आयोगले उनीहरूलाई चुनावका लागि अयोग्य घोषित गरिसकेको छ । जसका कारण पनि पुटिन छैंटो पकट राष्ट्रपति बन्ने लगभग पक्का भएको हो ।

यस बाहेक पुटिनले सन् २०२१ मा यस्तो कानुन बनाएका थिए, जसअन्तर्गत उनी २०३६ सम्म रुसको राष्ट्रपति रहन सक्छन् । वास्तवमा, २०१८ को चुनावसम्म रूसमा कुनै पनि राष्ट्रपति लगातार दुई कार्यकाल भन्दा बढी राष्ट्रपति रहन नसक्ने संबैधानिक ब्यवस्था थियो । यही कारणले सन् २००० देखि २००८ सम्म राष्ट्रपति भइसकेपछि पुटिनले सन् २००८ मा राष्ट्रपतिको चुनाव लडेका थिएनन् ।

यस पछि उनी सन् २०१२ मा रुसमा फेरि सत्तामा आए । तर, पुटिन सन् २००८–१२ सम्म रुसका प्रधानमन्त्री थिए । तर, हालै संसोधन भएको नयाँ कानुन अनुसार भने पुटिनले लगातार दुई कार्यकाल पूरा गरेपछि पनि चुनाव लड्न सक्ने छन् । उता, जारी निर्वाचनमा पुटिन बाहेक थप ३ जनाले राष्ट्रपतिका लागि उम्मेदवारी दिएका छन् । रुसको निर्वाचन आयोगको दस्तावेज अनुसार पुटिन स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव लडिरहेका छन् । उनीहरु बाहेक कम्युनिष्ट पार्टीका निकोलाई खारिटोनोभ, लिबरल डेमोक्र्याटिक पार्टीका लियोनिद स्लुत्स्की र न्यु पिपुल्स पार्टीका भ्लादिस्लाव दाभान्कोभ राष्ट्रपतिको उम्मेदवार हुन् ।

सबै तीन राजनीतिक दलहरू क्रेमलिन समर्थित पार्टीहरू मानिन्छन् । उनीहरू पुटिनको नीति र युक्रेनविरुद्धको युद्धका समर्थक हुन् । लियोनिद भने अमेरिकाको कट्टर विरोधी हुन् र उनीमाथि यौन शोषणको आरोप लागेको छ । जबकि भ्लादिस्लावले २०२० मा मात्र आफ्नो नयाँ पार्टी बनाएका उम्मेदवार हुन् । यो उनको पहिलो चुनाव हो ।

सन् २०१८ को चुनावमा पुटिनले ७६।७५ भोट पाएका थिए भने कम्युनिष्ट पार्टीले ११।८५ भोट प्राप्त गरेका थिए । तर, जारी निर्वाचनमा पुटिनले सो भन्दा बढी मत ल्याउने अनुमान गरिएको छ । युक्रेन बिरूद्द युद्द जारी राखेर उनले राष्ट्रियता बलियो बनाएको र अमेरिकासहित पश्चिमासँग डटेर सामाना गर्ने क्षमता पुटिनसँग मात्रै भएको रूसी जनताले विश्वास गरेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका