जोडिनुहोस
  • होमपेज
  • भिरबाट लडेर ८ महिने गर्भवती महिला र २ वर्षका छोराको मृत्यु

भिरबाट लडेर ८ महिने गर्भवती महिला र २ वर्षका छोराको मृत्यु

काठमाडौं । धादिङमा भिरबाट लडेर आमा छोराको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको बेनिघाट रोराङ २ मासखर्ककी १९ वर्षीया अप्सरा चेपाङको मृत्यु भएको हो ।

उनी ८ महिनाकी गर्भवती थिइन् । उनको पेटमा रहेको बच्चाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

भिरमा घाँस काट्न जाँदा कोखको २ वर्षीय लडेपछि उनी उद्धार गर्न गएकी थिइन् । सोही क्रममा उनी भिरबाट करिब ५० मिटर तल लडेकी थिइन् ।

करिब ४ घण्टापछि उनको उद्धार गरी मलेखु टिचिङ अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउने बित्तिकै आमा र पेटमा भएको बच्चालाई मृत घोषित गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका