जोडिनुहोस
  • होमपेज
  • समाजवादी छोडेपछि दीपक मनाङेलाई मन्त्री उपहार

समाजवादी छोडेपछि दीपक मनाङेलाई मन्त्री उपहार

गण्डकी प्रदेश सांसद राजीव गुरुङ दीपक मनाङे फेरि मन्त्री बनेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मनाङेलाई मन्त्री बनाएका हुन् ।एकीकृत समाजवादी पार्टी त्यागेर स्वतन्त्र हैसियतमा रहेको दाबी गरेका मनाङेलाई समेत समेटेर मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । मनाङेले मन्त्री पाउने आशाले नै नेकपा एस परित्याग गरेको बुझिएको छ मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । मनाङले आजै साढे ३ बजे प्रदेश प्रमुख कार्यालयमा शपथ लिने तयारी रहेको छ । पुनःगठित मन्त्रिपरिषद्मा कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको थप जिम्मेवारी दिइएको छ । यसअघि भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका रेशमबहादुर जुग्जाली र सामाजिक विकासमन्त्रीमा सुशीला सिम्खडा मन्त्री रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका