जोडिनुहोस
  • होमपेज
  • लगातार तेस्रो दिन पनि बढ्यो नेप्से, कारोबार रकम सवा २ अर्ब माथि

लगातार तेस्रो दिन पनि बढ्यो नेप्से, कारोबार रकम सवा २ अर्ब माथि

काठमाडौं । सेयर बजार लगातार तेस्रो दिन समेत वृद्धि भएको छ । बिहीबार ७.२७ अंकले बढेको बजार १९३९.६१ विन्दुमा उक्लिएको छ । बिहीबार बजार ०.३८ प्रतिशतले बढेको हो ।

यस दिन कुल २७३ धितोपत्रको ४३ हजार १२८ कारोबारबाट ५९ लाख ६२ हजार ९३ कित्ता सेयर किनबेच भएको छ । यो किनबेचबाट २ अर्ब ३० करोड ५८ लाख ८८ हजार ९३१ रुपैयाँको कारोबार भएको छ ।

बिहीबार बैंकिङ, होटल एण्ड टुरिजम, जलविद्युत र उत्पादन तथा प्रशोधन उपसूचकबाहेक सबै उपसूचकमा वृद्धि देखियो । दोल्ती पावर र भूगोल इनर्जीको सेयर मूल्य सकारात्मक सर्किट लेवलमा बढ्यो । मनकामना स्मार्ट लघुवित्तको मूल्य समेत बढ्यो ।

रिभर फल्स पावरका लगानीकर्ताले सबैभन्दा धेरै ६.६४ प्रतिशतले गुमाए । खप्तड लघुवित्तको सेयर समेत धेरैले घटेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका