जोडिनुहोस
  • होमपेज
  • चीनको सम्पत्ति विकास लगानी नौ प्रतिशतले घट्यो

चीनको सम्पत्ति विकास लगानी नौ प्रतिशतले घट्यो

चीनको सम्पत्ति विकासमा लगानी सन् २०२४ को पहिलो दुई महिनामा वार्षिक आधारमा नौ प्रतिशतले घटेर ११ खर्ब ८४ अर्ब २० करोड युआन करिब एक खर्ब ६७ अर्ब अमेरिकी डलर भएको राष्ट्रिय तथ्यांक विभाग एनबिएसले सोमबार बताएको छ । यसै अवधिमा नवनिर्मित सम्पत्तिको बिक्री पनि वार्षिकरूपमा २० दशमलव पाँच प्रतिशतले घटेर ११ करोड ३६ लाख ९० हजार वर्गमिटरमा आएकाले यस क्षेत्रमा लगानीमा घट्ने प्रवृत्ति कायम रहेको छ । मूल्यको हिसाबले वार्षिकरूपमा नवनिर्मित सम्पत्तिको बिक्री २९ दशमलव तीन प्रतिशतले घटेर १० खर्ब ५६ अर्ब ६० करोड युआनमा झरेको तथ्यांकले देखाएको छ । यस वर्षको पहिलो दुई महिनामा देखिएको गिरावट सन् २०२३ को सोही अवधिमा नौ दशमलव छ प्रतिशतको गिरावटको तुलनामा शून्य दशमलव छ प्रतिशतले कम भएको एनबिएसका प्रवक्ता लिउ आइहुवाले पत्रकार सम्मेलनमा बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका