जोडिनुहोस
  • होमपेज
  • भर्ना प्रक्रिया पारदर्शी बनाउन ३ स्कुललाई शिक्षामन्त्रीको आग्रह

भर्ना प्रक्रिया पारदर्शी बनाउन ३ स्कुललाई शिक्षामन्त्रीको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ स्कुलका प्रिन्सिपलहरूलाई आग्रह गरेकी छन् ।

नयाँ शैक्षिक सत्रका लागि भर्ना आह्वान भएका बेला प्रिन्सिपलहरूलाई मन्त्रालयमा बोलाएर मन्त्री श्रेष्ठले विधि र प्रक्रियालाई विश्वासिलो बनाएर योग्यताका आधारमा विद्यार्थी लिन आग्रह गरेकी हुन् ।

‘तपाईंहरूका विद्यालयले भर्ना खोलेपछि धेरैले भनिदिनु पर्‍यो भनेर दबाब दिइरहनु भएको छ । मलाई जानकारी भएअनुसार मन्त्री, सचिव, महानिर्देशक, जिल्लाका प्रशासक र प्रहरी प्रमुखलगायतको कोटाका आधारमा भर्ना हुन्छ रे’ मन्त्री श्रेष्ठले भनिन्, ‘विगतमा त्यस्तो विकृति थियो भने पनि अब अन्त्य गर्नुपर्छ । भनसुन र पहुँचका आधारमा हुने भर्ना बन्द गर्नुहोला ।’

छलफलमा तीनवटै विद्यालयका प्रिन्सिपलले भर्ना छनोट प्रक्रियाबारे जानकारी गराउँदै विगतमा प्रधानमन्त्रीसम्मको तहबाट दबाब आएको गुनासो गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका