जोडिनुहोस
  • होमपेज
  • पीएनजीद्वारा युएईलाई २४७ रनको लक्ष्य

पीएनजीद्वारा युएईलाई २४७ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा आज शुक्रबार यूएई र पपुवा न्यु गिनी(पीएनजी)बीचको खेलमा यूएईले २४७ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको पीएनजीले ५० ओभरमा ९ विकेटमा २ सय ४६ रन बनाएको छ ।पीएनजीका लागि सेसे बाउ,किप्लीन डोरिगा तथा हिरी हिरीले अर्धशतक बनाए ।

सेसे बाउले १ सय ६ बल १० चौकाको सहयोगमा ८१ रन बनाए । हिरि हिरिले ८५ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ७७ रन बनाए ।किप्लीन डोरिगाले ४४ बलमा ८ चौका र २ छक्काको सहयोगमा ५५ रन बनाए

यूएईका लागि आयान खानले ३ जुनेद सिद्धिकी र जाहोर खानले समान २/२ विकेट लिए । कार्तिक मैयप्पन र रोहन मुस्ताफाले समान १/१ विकेट लिए ।

पहिलो खेलमा नेपालसँग पराजित पीएनजी आजको खेलमा जित निकाल्न चाहान्छ । बिहिबार भएको सिरिजको पहिलो खेलमा पीएनजी नेपालसँग ५२ रनले पराजित भएको थियो ।

सिरिजमा पहिलो खेल खेल्न लागेको यूएई भने जितका साथ यो सिरिजको सुरुआत गर्न चाहान्छ । तर,घरेलु मैदानमा यूएईलाई सहज रुपले पराजित गरेको पीएनजीलाई पराजित गर्न सहज भने छैन ।

विश्वकप लिग टू का ४ खेलमा पीएनजीले यूएईलाई ३ पटक पराजित गरेको छ । यूएई सात देश सम्मिलित विश्वकप लिग टूमा ३२ खेलमा ३१ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

पपुवा न्युगिनि ३३ खेलमा ९ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका