जोडिनुहोस
  • होमपेज
  • चरम गर्मीका कारण गर्भमै शिशुको ज्यान जाने जोखिम दोब्बर ; अध्ययन

चरम गर्मीका कारण गर्भमै शिशुको ज्यान जाने जोखिम दोब्बर ; अध्ययन

गर्भवती महिला धेरै समय चर्को गर्मीमा बस्दा गर्भ खेर जाने जोखिम दोब्बरले बढ्ने नयाँ अध्ययनले देखाएको छ । भारतको दक्षिणी राज्य तामिलनाडूका आठ सय गर्भवती महिलालाई सहभागी गराएर गरेको अध्ययनले गर्भवती महिलाले चर्को गर्मीमा घण्टौं बिताउँदा गर्भमै शिशु मर्ने तथा गर्भ खेर जाने जोखिम बढ्ने देखाएको बीबीसीले जनाएको छ ।

प्रतिवेदनमा आमा हुन लागेका महिला लामो समय गर्मीमा काम गर्दा हुने जोखिम यसअघि अनुमान गरिएकोभन्दा धेरै बढी रहेको उल्लेख छ । चेन्नईमा रहेको श्रीरामचन्द्र इन्स्टिट्यूट अफ हाइअर एजुकेशन एन्ड रिसर्चुले गरेको अध्ययन सन् २०१७ मा शुरु भएको थियो ।

द गाम्बियाुमा गरिएको यसअघिको एउटा अध्ययनले पनि उच्च तापक्रमले भ्रुण अवस्थामै धड्कन उच्च हुने र रक्तसञ्चार सुस्त हुने पत्ता लगाएको थियो । प्रतिवेदनमा गर्भवती महिलालाई चर्को गर्मीमा काम गर्नुपरेमा बेलाबेलामा शितल छहारीमा गएर आराम गर्न र प्रशस्त पानी तथा झोलिलो खानेकुरा खान सुझाव दिइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका