जोडिनुहोस
  • होमपेज
  • १९औँ फेवा नववर्ष महोत्सव २९ चैतदेखि

१९औँ फेवा नववर्ष महोत्सव २९ चैतदेखि

१९ औं फेवा नववर्ष महोत्सव चैत २९ देखि वैशाख १ सम्म पोखरामा आयोजना हुने भएको छ । होटल संघ नेपाल र पोखरा क्षेत्रीय होटल संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फेवाताल किनार ड्यामसाइड चोकदेखि हल्लानचोकसम्म फेवा नव वर्ष महोत्सव आयोजना गर्न लागिएको जनाएको हो ।

पर्यटन संस्कृति र खाना भन्ने नाराका साथ नेपाली मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा होटल संघ नेपालका अध्यक्ष विनायक शाहले पोखरालाई पर्यटकीय राजधानी घोषणासँगै नेपाली नयाँ वर्षको अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत सम्म छुटको घोषणा गरिएको जानकारी दिए ।

उनले मुलुकमा धेरै भन्दा धेरै पर्यटक भित्राउन सरकारसँग मिलेर धेरै कार्यक्रमहरू सञ्चालन गरिने बताए ।

महोत्सवमा परम्परागत नेपाली खानाको प्रवर्द्धन,सांस्कृतिक झाँकिका कार्यक्रम, लोकदोहोरी ,स्थानीय कलाकारद्वारा विभिन्न सांस्कृतिक नृत्य, हास्यव्यङ्ग्य प्रस्तुति, पर्यटक दौड प्रतियोगिता हुने आयोजक समितिले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका