जोडिनुहोस
  • होमपेज
  • प्रिमियर लिगः म्यानचेस्टर युनाइटेड पराजित

प्रिमियर लिगः म्यानचेस्टर युनाइटेड पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । युनाइटेडको घरेलु मैदानमा भएको खेलमा ओल्ड ट्राफर्डमा ब्राइटन एन्ड होभ आल्बियनसँग ३–१ ले पराजित भएको हो ।

पहिलो हाफमा युनाइटेडकै पूर्व खेलाडी ड्यानी वेलबेकको गोलमा ब्राइटनले अग्रता लिएको थियो । ब्राइटनका लागि दोस्रो हाफमा पास्कल ग्रस र जोआओ पेड्रोले १-१ गोल गरे ।

युनाइटेडका ह्यानिबल मेज्ब्रीले दोस्रो हाफमा एक गोल फर्काए । त्यसअघि पहिलो हाफमा रास्मस होएलन्डले बराबरी गोल फर्काएपनि भिडियो असिस्टेन्ट रेफ्रीले गोललाई मान्यता दिएको थिएन ।

यस जितसँगै ब्राइटन ५ खेलमा १२ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । युनाइटेड भने लिगमा तेस्रो हार बेहोर्दै ५ खेलमा ६ अंकका साथ १२ औं स्थानमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका