जोडिनुहोस
  • होमपेज
  • रास्वपाका मिलन लिम्बुको मनोनयन दर्ता

रास्वपाका मिलन लिम्बुको मनोनयन दर्ता

प्रतिनिधिसभा उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन योङहाङ लिम्बूले मनोनयन दर्ता गराएका छन् ।प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि रास्वपाबाट मनोनयन दर्ता गराउने क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्याल, रास्वपाकी सचेतक निशा डाँगीलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

इलाम २ को उपनिर्वाचन मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार लिम्बुले शनिबार ४ बजेपछि उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्ता गराउन रास्वपाका केन्द्रीय नेता र समर्थकले र्‍याली निकालेका थिए ।पत्रकारितामा आबद्ध रहेका लिम्बु केही पहिले मात्रै उपनिर्वाचनका लागि राजनीतिमा सक्रिय भएका हुन् । उनलाई रास्वपाले उम्मेदवार बनाएको हो ।

इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा कांग्रेसका तर्फबाट डम्बर खड्का, नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका साझा उम्मेदवार सुहाङ नेम्वाङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्याम दर्जी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, पहिचानवादीका तर्फबाट डकेन्द्रसिंह थेगिम र नेकपा एकीकृत समाजवादीका जीतबहादुर राईले मनोनयन दर्ता गराएका छन् ।

२०७९ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा इलाम २ बाट निर्वाचित एमालेका सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । इलाम २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि शनिबार उम्मेदवारको मनोनयन दर्ता भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका