जोडिनुहोस
  • होमपेज
  • कर्णाली सरकार गठनका लागि आज अन्तिम दिन

कर्णाली सरकार गठनका लागि आज अन्तिम दिन

सुर्खेत । कर्णाली प्रदेशमा सरकार गठनका लागि प्रदेश प्रमुख तिलक परियारले दिएको समय सीमा आज (मंगलबार) सकिँदै छ । प्रदेश प्रमुख परियाले २१ चैतमा आज साँझ ५ः५० बजेभित्र मुख्यमन्त्रीका लागि दाबी पेस गर्न समय सीमा दिएका थिए ।

माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले पदबाट राजीनामा दिएपछि परियारले सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । केन्द्रमा सत्ता गठबन्धनमा फेरबदल आएसँगै कर्णालीमा पनि सरकार परिवर्तन भएको हो । सुरुमा राजीनामा नदिने अडानमा रहेका शर्मा प्रचण्डको दबाबपछि पछि हटेका थिए । तर, प्रदेश सरकार गठनको विषयमा एमाले र माओवादीबीच कुरा मिल्न नसक्दा मुख्यमन्त्रीमा दाबी गर्न ढिलाइ भएको हो ।

एमालेका यामलाल कँडेल मुख्यमन्त्री बन्ने पक्कापक्की भए पनि मन्त्रालय भागवण्डालगायतका विषय भने टुंगिन बाँकी छ । कँडेलले आज मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन् । ४० सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तिमा २१ सांसद चाहिन्छ । एमालेका १० तथा माओवादी केन्द्रका १३ सांसद छन् । त्यस्तै एकीकृत समाजवादीको १ सिट जोड्दा गठबन्धन बहुमत जुटाउन सक्ने अवस्थामा छ । उता कांग्रेसका १४ तथा राप्रपाका १ र १ स्वतन्त्र सांसद प्रदेशसभामा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका