जोडिनुहोस
  • होमपेज
  • विपद्का घटनाबाट गएको वर्ष चार सय ९३ जनाको ज्यान गयो, पाँच अर्ब रुपैयाँभन्दा धेरैको क्षति

विपद्का घटनाबाट गएको वर्ष चार सय ९३ जनाको ज्यान गयो, पाँच अर्ब रुपैयाँभन्दा धेरैको क्षति

२०८० सालमा विपद्जन्य घटनाबाट चार सय ९३ जनाको ज्यान गएको छ । विपद्जन्य घटनाबाट ३१ जना बेपत्ता भएका छन् भने एक हजार छ सय १६ जना घाइते भएका छन् ।

गएको वर्ष छ हजार चार सय चार विपद्जन्य घटना भएकामा त्यसमा परेर ८० हजार सात सय १६ परिवार प्रभावित भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेले जानकारी दिनुभयो । विपद्जन्य घटनाका कारण पाँच अर्ब ४२ करोड ५६ लाख रुपैयाँको क्षति भएको छ ।

गएको वर्ष पहिरो, बाढी, डुङ्गा दुर्घटना, चट्याङ, सर्पदंश, आगलागी, भारी वर्षा, गैरप्राकृतिक विपद्, हुरीबतास, भूकम्प, फ्लु, जनावर आक्रमण, हिमपहिरो, डढेलो, हिमपातलगायतका घटना भएका थिए ।

गएको वर्ष कात्तिकमा गएको जाजरकोट भूकम्पबाट सबैभन्दा धेरै एक सय ५५ जनाको ज्यान गएको छ । त्यसपछि धेरै क्षति आगलागीका कारण भएको सहसचिव पाण्डेले बताउनुभयो । विभिन्न ठाउँमा भएका आगलागीका कारण एक सय छ जनाको ज्यान गएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका