जोडिनुहोस
  • होमपेज
  • सुनको भाउमा फेरि नयाँ रेकर्ड; तोलाको एक लाख ३९ हजार तीन सय रुपैयाँ पुग्यो

सुनको भाउमा फेरि नयाँ रेकर्ड; तोलाको एक लाख ३९ हजार तीन सय रुपैयाँ पुग्यो

सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ । आज तोलामा सात सय रुपैयाँले बढेर भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ३९ हजार तीन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ३८ हजार ६ सय रुपैयाँ थियो । यसअघि वर्ष २०८० को अन्तिम दिन सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ३९ हजार दुई सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ घटेको छ । चाँदी तोलामा पाँच रुपैयाँले घटेर एक हजार सात सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका