जोडिनुहोस
  • होमपेज
  • आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः नसोचेको क्षेत्रबाट आम्दानी हुनसक्छ। सेयरमा लगानी गरेको भए फाइदा हुनेछ। साथीसँग भेट हुनेछ। नयाँ कामको सुरुवात हुनेछ।

वृषः काममा बाधा आइपर्न सक्ने दिन छ। शिक्षा क्षेत्रको लगानीमा घाटा हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानी ठगले खाइदिने जोखिम देखिन्छ। रिसलाई नियन्त्रण गरेर विवेकपूर्ण काम गर्नुपर्ने दिन छ।

मिथुनः साथीले सहयोग गर्नेछन्। गुरुको आर्शिवाद मिल्नेछ। शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट उन्नति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः परिश्रम अनुसारको फल प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ निरन्तर रहने छ। सामाजिक क्षेत्रबाट सम्मान मिल्नेछ।

सिंहः अधिकारको लडाइनमा सफलता मिल्नेछ। साथीभाइसँग संगत गर्दा बोली र व्यवहारले पक्का बन्नुपर्ने देखिन्छ। जटिल भनेको काम सहजै बन्नसक्छ। परिवारको साथ र सहयोग रहनेछ।

कन्याः परोपकार गर्ने मौका मिल्नेछ। आर्थिक क्षेत्रको लगानीमा समस्या हुनसक्छ। परिवारसँग मेलमिलाप हुनेछ। वैदेशिक क्षेत्रको रोजगारीमा फाइदा हुनेछ। काम गर्दा सचेत बन्नुपर्ने दिन छ।

तुलाः शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। मन शान्त बन्नेछ। परोपकारको मौका मिल्नेछ। परिवारको साथ र सहयोग हुनेछ।

वृश्चिकः आर्थिक क्षेत्रमा सुधार हुनेछ। व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। राम्रो कामको चर्चा हुनेछ।

धनुः लामो समयदेखि रोकिएको काम बन्नेछ। श्रम गरेको क्षेत्रमा उन्नति हुनेछ। आर्थिक लाभ हुने दिन छ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

मकरः मान र सम्मान प्राप्त हुने योग छ। आर्थिक उन्नति हुनेछ। सामाजिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। रमाइलो यात्राको योग रहेको छ।

कुम्भः परिवारको साथ र सहयोग निरन्तर रहने छ। रोकिएको काम बन्नेछ। जमिनको कारोबारमा फाइदा हुनेछ। नसोचेका मान्छेले सहयोग गर्नेछन्।

मीनः खुशीको खबर सुन्न पाइने छ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। मन खुशी हुनेछ। परिवारको साथ र सहयोगमा मनोरञ्जन गर्दै दिन बित्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका