जोडिनुहोस
  • होमपेज
  • मौद्रिक नीतिपछिको सेयर बजारको ओरालो यात्रा रोकिएन

मौद्रिक नीतिपछिको सेयर बजारको ओरालो यात्रा रोकिएन

काठमाडौं । आर्थिक वर्ष (आव) २०८०/८१ को मौद्रिक नीति सार्वजनिक भएयता लगातार चौथो दिन पनि सेयर बजार ओरालो लागेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार २९.७१ अंकले घटेर २१२६.४८ विन्दुमा आएर रोकियो । यो १.३७ प्रतिशतको गिरावट हो ।

नेपाल राष्ट्र बैंकले आइतबार मौद्रिक नीति सार्वजनिक गरेको हो । सो दिन बढेको बजार त्यसयता भने लगातार घटेर यो साताको कारोबार अन्त्य भएको छ । बिहीबार २७१ धितोपत्रको ४४ हजार ६७२ वटा कारोबारबाट ६२ लाख ७१ हजार ७७७ कित्ता सेयर किनबेच भएको छ ।

बिहीबार कारोबार रकम २ अर्ब ४२ करोड ५७ लाख ८० हजार ५६४ रुपैयाँ बराबर भएको छ । बिहीबार सबै उपसूचक ओरालो लाग्दा राताम्य देखिए ।

एनआइसी एसिया फ्लेक्जी क्याप फण्ड, मनकामना स्मार्ट लघुवित्त, इमर्जिङ नेपाल, अभियान लघुवित्तसहितका धितोपत्रको मूल्य बिहीबार धेरैले बढेको छ ।

किसान लघुवित्त, प्रोग्रेसिभ फाइनान्स, माइ खोला हाइड्रो, मिथिला लघुवित्त, बरुण हाइड्रोसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ । शिवम् सिमेन्टको धेरै कारोबार भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका