जोडिनुहोस
  • होमपेज
  • अमेरिकी अदालत अगाडि एक व्यक्तिले आफैँमाथि आगो लगाएपछि…

अमेरिकी अदालत अगाडि एक व्यक्तिले आफैँमाथि आगो लगाएपछि…

काठमाडौँ । अमेरिकामा शुक्रबार एक व्यक्तिले म्यानह्याटन अदालतबाहिर आफैंलाई आगो लगाएका छन् । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पोर्न स्टारलाई मौन पार्न पैसा तिरेको मुद्दाको सुनुवाइका लागि न्यायाधीशहरू चयन भइरहेका बेला यो घटना भएको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् ।

आगो लगाउने व्यक्तिको नाम म्याक्सवेल अजरेलो थियो । उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । न्युयोर्क प्रहरीका अनुसार उक्त व्यक्तिले आफूलाई किन आगो लगाएको भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन ।

म्याक्सवेलले आगो लगाउनुअघि केही पर्चा हावामा फालेका थिए । ति पर्चामा राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्प एकअर्कालाई भेट्दैछन् भन्ने लेखिएको थियो । उनीहरू दुवै अमेरिकामा फासीवाद ल्याएर हाम्रो प्रणालीलाई उखाल्न चाहेको उल्लेख थियो ।

म्याक्सवेलले आफूसँगै ज्वलनशील पदार्थ भएको क्यान ल्याएको र क्यानमा राखिएको ज्वलनशील पदार्थ आफैंमा छर्केर आगो लगाएको बताइएको छ । न्यूयोर्कका प्रहरी प्रमुख जेफ्री म्याड्रीका अनुसार उक्त व्यक्ति फ्लोरिडाका बासिन्दा थिए, जो एक साताअघि मात्रै न्यूयोर्क आएका थिए र उनको परिवारलाई समेत यसबारे जानकारी थिएन ।

उनको कुनै आपराधिक रेकर्ड नभएको प्रहरीले जनाएको छ । प्रहरीले पर्चा र क्यानमाथि अनुसन्धान गरिरहेको छ । उक्त व्यक्तिले आफूलाई आगो लगाउनुअघि केही नबोलेको प्रत्यक्षदर्शीले बताएको मिडिया रिपोर्टमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका