जोडिनुहोस
  • होमपेज
  • सुर्खेतमा ड्युटीमा रहेका प्रहरी जवानद्वारा गोली हानी आत्महत्या

सुर्खेतमा ड्युटीमा रहेका प्रहरी जवानद्वारा गोली हानी आत्महत्या

सुर्खेत । कर्णाली प्रदेश प्रहरी गणमा एक जना प्रहरी जवानले आत्माहत्या गरेका छन् । बिहीबार बिहान २ः५६ को समयमा ड्युटी बसिरहेको समयमा प्रहरी जवानले एसएलआरबाट दाहिने साईडको कन्चटमा गोली हानी आत्माहत्या गरेको हाे ।

दार्चुलाको अपी नगरपालिका-६ घर भएका २६ वर्षीय कबिन्द्र बिकले आफ्नै कन्चटमा एसएलआर गोली हानी आत्माहत्या गरेकाे कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उनकाे दरबन्दी कालिकोटको प्रहरी चौकी सुकाटियामारहेको थियो । तर उनी कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत रहेका थिए ।

घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक मिलन पाण्डेको कमाण्डमा ८ जनाको प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका