जोडिनुहोस
  • होमपेज
  • आज २०८१ साल वैशाख ११ गते मंगलबारको राशिफल

आज २०८१ साल वैशाख ११ गते मंगलबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः सामाजिक क्षेत्रमा सेवा गर्ने मौका मिल्नेछ। ठुला काममा हात लगाउनु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा सफलता प्राप्त हुने योग छ। धार्मिक यात्रा सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृषः श्रमको मूल्य प्राप्त हुनेछ। शेयरमा लगानी भए फाइदा हुनेछ। जग्गा जमिन र गहनाको कारोबार गर्दा फाइदा हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट लाभ हुनेछ।

मिथुनः दिनभर मन चञ्चल हुनेछ। धर्ममा मन जानेछ। साथीको सकारात्मक सहयोग प्राप्त हुनेछ। लगानीका क्षेत्रमा खोखिम बढ्नसक्छ।

कर्कटः नयाँ रोजगारीको अवसर सिर्जना हुनेछ। एक साथ दोहोरो लाभ मिल्नेछ। परोपकारको मौका मिल्नेछ। परिवारमा व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। साथीले साथ दिनेछन्।

सिंहः आर्थिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा खर्च गरेको धनबाट फाइदा हुनेछ। रमाइलो यात्रा हुेनछ। बौद्धिक व्यक्तिसँग संगत गर्ने योग छ।

कन्याः आफन्तसँग भेट हुनेछ। राम्रो कामको चर्चा सबैले गर्ने दिन छ। समस्या विस्तारै किनारा लाग्नेछन्। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः खर्च बढ्ने योग छ। निर्णय गर्न नसके परिवार र मनले खाएका मान्छेसँग सल्लाह लिनु राम्रो हुन्छ। पुरानो गल्तीले दुःख दिने जोखिम छ। परिवारको साथ र सहयोग निरन्तर मिल्नेछ।

वृश्चिकः व्यापारमा फाइदा हुनेछ। मनमा शान्ति मिल्नेछ। सामाजिक क्षेत्रमा गरेको लगानीले उचाई प्राप्त गर्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उपलब्धि हात लाग्नेछ। प्रेम सम्बन्ध
सुमधुर बन्नेछ।

धनुः नयाँ कामको चर्चा चल्नेछ। रोजगारीका नयाँनयाँ अवसर भेटिने छन्। सामाजिक क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ। परोपकार गर्ने मौका मिल्नेछ। अरुलाई प्रभावित पार्नसक्ने क्षमता देखिने छ।

मकरः कार्यक्षेत्रमा प्रगति हुनेछ। प्रतिस्पर्धी भाग्नेछन्। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट मन शान्त हुेनछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः सचेत भएर काम गर्नुपर्ने दिन छ। आफन्तले बदमासी गर्ने भएकाले धेरै सचेत हुनुपर्छ। आर्थिक र सामाजिक क्षेत्र अब्बल छन्। स्वदेशमै रोजगारीको अवसर सिर्जना हुनेछ।

मीनः समय राम्रो छ। जटिल सोचेको काम सहजै बन्नेछ। आर्थिक क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। सिर्जनात्मक क्षेत्रमा मन जानेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका