जोडिनुहोस
  • होमपेज
  • सय वर्षपछि फागु पुर्णिमामा चन्द्रग्रहण लाग्दै तर नेपालमा नदेखिने

सय वर्षपछि फागु पुर्णिमामा चन्द्रग्रहण लाग्दै तर नेपालमा नदेखिने

काठमाडौँ।यस वर्षको पहिलो चन्द्रग्रहण फाल्गुन पूर्णिमा अर्थात आजमा लाग्दैछ । तर, यो चन्द्रग्रहण नेपाल र भारतलगायतको क्षेत्रमा भने देखिदैँन् । चन्द्रग्रहण समय यस वर्ष सय वर्षपछि होलीमा चन्द्रग्रहण लाग्दैछ । यो चन्द्रग्रहण चैत १२ अर्थात २५ मार्च बिहान १०:२३ मा सुरु हुनेछ र यो ३:०२ बजे समाप्त हुनेछ । यो चन्द्रग्रहण नेपाल तथा भारतमा नदेख्ने भएकाले यसको सुतक अवधि पनि मान्य हुने छैन ।

आयरल्याण्ड, इङ्गल्याण्ड, स्पेन, पोर्चुगल, इटाली, जर्मनी, फ्रान्स, हल्याण्ड, बेल्जियम, दक्षिणी नर्वे, स्विट्जरल्याण्ड, उत्तर र दक्षिण अमेरिका, जापान, रुसको पूर्वी भाग, पश्चिमी अस्ट्रेलिया बाहेक अष्ट्रेलियाको बाँकी भाग र अफ्रिकाको अधिकांश भूभागबाट भने देखिनेछ।

चन्द्र ग्रहणको दिन नकारात्मक शक्ति बढी सक्रिय हुन्छ । त्यसैले ज्योतिषशास्त्रअनुसार चन्द्रग्रहणको दिन अधिकतम पूजा र पुण्य कर्म गर्नुपर्छ । यसै दिन तराई मधेशमा होली पनि मनाइन्छ ।

शास्त्रमा चन्द्रग्रहणको दिनलाई अशुभ मानिएको छ । यस दिन नकारात्मक शक्ति बढी सक्रिय हुने जनविश्वास रहेको छ । त्यसैले ज्योतिषशास्त्रअनुसार चन्द्रग्रहणको दिन अधिकतम पूजा र पुण्य कर्म गर्नुपर्छ । यो ग्रहणले केही राशिमा भने राम्रो प्रभाव पार्ने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका