जोडिनुहोस
  • होमपेज
  • इजरायली सेनाका इन्टेलिजेन्स प्रमुखले दिए राजीनामा

इजरायली सेनाका इन्टेलिजेन्स प्रमुखले दिए राजीनामा

इजरायलको सैन्य इन्टेलिजेन्स प्रमुख अहारून हालिवाले राजीनामा दिएका छन् ।

अक्टोबर २०२३ मा इजरायलमाथि हमासको हमलापछि राजीनामा दिने हालिवा पहिलो उच्च सैन्य अधिकारी हुन् ।

गत वर्ष भएको हमासको हमलालाई लिएर उनले सुरक्षा कमजोरी भएको स्वीकारेका थिए ।

उनले त्यसबेला सुरक्षामा कमजोरी भएकै कारण हमासले नरसंहार मच्चाउन सकेको बताएका थिए ।

७ अक्टोबरमा भएको त्यस हमलामा कम्तीमा पनि १२ सय जना इजरायली र विदेशी नागरिक मारिएका थिए । उक्त घटनामा नेपालका १० नागरिक पनि परे ।

हमासले त्यसबेला कब्जामा लिएका २ सयभन्दा बढी सर्वसाधारण अझै बेपत्ता छन्। जसमध्ये नेपालका विपिन जोश पनि एक हुन् ।

इजरा‍यली सेनाको तर्फबाट सोमबार जारी विज्ञप्तिमा नयाँ जासुसी प्रमुख नियुक्त भएपछि मेजर जनरल अहारून हालिवाले पद छाड्ने छन् ।

विश्लेषकहरूले हालिवाले पद त्यागेसँगै अन्य कयौँ ठूला इजरायली सैन्य अधिकारीहरूले पनि राजीनामा दिन सक्ने बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका