जोडिनुहोस
  • होमपेज
  • तराईका केही ठाउँमा हुस्सु र कुहिरो, पहाडी भूभागमा सामान्य बदली

तराईका केही ठाउँमा हुस्सु र कुहिरो, पहाडी भूभागमा सामान्य बदली

काठमाडौं, देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयुक्त बायुको असर कायमै रहेकाले पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईका केही ठाउँमा हुस्सु र कुहिरो लाग्नेछ ।

आज शुक्रबार दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी ठाउँमा सामान्यतः मौसम सफा रहने विभागले जनाएको छ । त्यस्तै, आज राति पनि सो ठाउँमा सामान्य बदली रहनेछ ।

सोहीअनुसार भोलि शनिबार प्रदेश १ मा आंशिक बदली रहने विभागले जनाएको छ । राति प्रदेश १, गण्डकी र सुदूरपश्चिममा आंशिक बदली कायम रहनेछ । त्यस्तै, १४ गते शनिबार सुदूरपश्चिमको उच्च पहाडी भूभागमा आंशिक बदली रही एक दुई स्थानमा हल्का हिमपात हुनेछ । बाँकी भूभागमा मौसम सफा रहने छ

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका