जोडिनुहोस
  • होमपेज
  • चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’ को ट्रेलर सार्वजनिक

काठमाडौं। नेपाली चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’ को ट्रेलर सार्वजनिक गरिएको छ । उक्त चलचित्रको ट्रेलर मंगलबार ‘आस्भि फिल्म’ नामक यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

एक बच्चामा देखिएको अटिजम (अस्वाभाविक सजग मानसिक स्थिति) र आफ्नो व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथामा उक्त चलचित्र बनेको छ ।

चलचित्रमा अटिजम भएको बच्चाको समस्यासँगै प्राकृतिक रूपमा पुरुष र महिला दुवैमा आकर्षित हुने महिलाको कथा देख्न सकिन्छ ।

यस चलचित्रमा अनिताको साथमा सुरविना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल कलाकार आश्वि घिमिरेको प्रमुख अभिनय रहेको छ। आश्वि फिल्मसले यो चलचित्र निर्माण गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका