जोडिनुहोस
  • होमपेज
  • पोखरामा माइक्रो बस दुर्घटना, घाइतेको उद्धार हुँदै

पोखरामा माइक्रो बस दुर्घटना, घाइतेको उद्धार हुँदै

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २७ लेखनाथमा माइक्रो बस दुर्घटना भएको छ । पोखरा विश्वविद्यालयबाट आउँदै गरेको १ ख ६७४७ नम्बरको माइक्रो बस वडा प्रहरी कार्यालय नजिकै दुर्घटना भएको हो ।

‘पोखरातर्फ आउँदै गरेको माइक्रो बस सडकबाट तल खसेको हो,’ जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर ज्ञान खड्काले ।

बसमा करिब ४० यात्रु रहेको उनले बताए । उक्त बसमा अधिकांश पोखरा विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थी रहेको प्रहरीले जनाएको छ । घाइतेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिरहेको खड्काले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका