जोडिनुहोस
  • होमपेज
  • लिखुखोला–२ जलविद्युत आयोजनाको पानी वस्तीमा पस्यो, ४० भन्दा बढी घर जोखिममा

लिखुखोला–२ जलविद्युत आयोजनाको पानी वस्तीमा पस्यो, ४० भन्दा बढी घर जोखिममा

काठमाडौं – लिखुखोला–२ जलविद्युत आयोजनाको पानी सुरुङमार्ग भित्रबाटै वस्तीमा पसेपछि रामेछापको उमाकुण्ड गाउँपालिका र सोलुखुम्बुको लिखुपिके गाउँपालीकाका ४० भन्दा बढी घर जोखिममा परेका छन् ।

निर्माण सम्पन्न हुन लागेको लिखुखोला–२ जलविद्युत आयोजनाको सुरुङ (टनेल)मा छाडिएको पानी रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–१ पेकरनास, कोरेम र बच्छीमा चुहावट भई वस्तीमा पसेसँगै ४० भन्दा बढी घर जोखिममा परेका हुन् ।

कहिल्यै पानी नदेखिने स्थानमा एकाएक पानीका मुल देखिन थालेपछि स्थानियबासी त्रसित बनेका छन् । अहिले स्थानियबासीहरुले घटनाको विषयमा स्थलगत अनुसन्धान गरि आवश्यक कारवाहीको माग गरेका छन् ।

तस्विरः विष्णु बस्नेतको फेसबुकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका