जोडिनुहोस
  • होमपेज
  • रुस–युक्रेन युद्धसँग सम्बन्धित अमेरिकी गोप्य दस्तावेज चुहावट भएपछि अनुसन्धान सुरु

रुस–युक्रेन युद्धसँग सम्बन्धित अमेरिकी गोप्य दस्तावेज चुहावट भएपछि अनुसन्धान सुरु

काठमाडौं। रुस र युक्रेनबीच १४ महिनायता जारी युद्धसँग सम्बन्धित गोप्य दस्तावेज चुहावट भए पछि अमेरिका तनावमा फसेको छ ।

बीबीसीका अनुसार अमेरिकी दस्तावेजसँग सम्बन्धित तस्वीर, नक्शा तथा सूचनाहरू इन्टरनेटमा चुहावट भए पछि पेन्टागन तनावमा फसेको हो । चुहावट भएका दस्तावेजहरु मध्ये २० वटा दस्तावेज भने बीबीसीको हातमा परेको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी गोप्य दस्तावेज चुहावट स्विकार गर्दै सो विषयमा अनुसन्धान भइरहेको जनाएको छ । उसका अनुसार चुहावट भएका दस्तावेजमा ६ हप्ता पुरानो जानकारीसमेत रहेको छ । चुहावट भएको दस्तावेजहरु कस्ले इन्टरनेटमा हाल्यो रु भनेर खुलाइएको छैन तर यसका बारेमा अमेरिकी रक्षा मन्त्रालयले गम्भिर रुपमा अनुसन्धान सुरू गरेको छ ।

चुहावट भएका ती दस्तावेजहरूमा सैन्य ब्रिगेड्स, बख्तरबन्द सवारी, गोलाबारुद, गोप्य रूपमा गरिएका आर्थिक सहयोगको जानकारीसहित रुस र युक्रेन दुबैलाई पश्चिमा राष्ट्रबाट दिइने हतियार तथा गोलाबारुदको अभिलेखसमेत उल्लेख भएको उक्त दस्तावेजहरु चुहावट भएका हुन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका