जोडिनुहोस
  • होमपेज
  • अभ्यास खेलमा नेपालको लगातार तेस्रो हार

अभ्यास खेलमा नेपालको लगातार तेस्रो हार

काठमाडौँ । नेपाल आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोट अघि वार्मअप खेलमा युएईसँग तीन विकेटले पराजित भएको छ । नेपालको अभ्यास खेलमा यो लगातार तेस्रो हार हो ।

जितको लागि २७७ रनको विजयी लक्ष्य पछ्याएको युएईले ४९.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.५ ओभरमा अलआउट हुदै २७६ रन बनाएको थियो ।

नेपाल दक्षिण अफ्रिकामा अभ्यास खेलमा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग पराजित भएको थियो । नेपाल नेदरल्यान्ड्ससँग ५ विकेट र स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको थियो ।

नेपालले अन्तिम अभ्यास खेल बिहीबार ओमानसँग खेल्नेछ ।

विश्वकप छनोट प्रतियोगिता समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान छन् । प्रतियोगिता असार ३ देखि २४ सम्म जिम्बावेमा हुनेछ ।

नेपालले पहिलो खेल असार ३ मामा जिम्बावेसँग खेल्दै सुरुवात गर्नेछ । नेपालले त्यसको एक दिनपछि असार ५ मा अमेरिकासँग खेल्नेछ । नेपालले असार ७ मा वेस्टइन्डिजसँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल असार ९ मा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउने छन् । सुपर सिक्समा अर्का समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । सुपर सिक्समा समूह चरणको अंक पनि गणना हुने भएकाले आफ्नो समूहका टोलीसँग खेल्नु पर्दैन । अन्त्यमा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका