जोडिनुहोस
  • होमपेज
  • विराटनगरमा भएको आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या ३ पुग्यो

विराटनगरमा भएको आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या ३ पुग्यो

मोरङको विराटनगर महानगरपालिका–७ मा रहेको कबाडी पसलमा आगलागी हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३ पुगेको छ ।हिजो बुधवार दिउँसो भएको आगलागीमा घाइते भएकी विराटनगर–६ की ६४ वर्षीय सुनिता कामतको उपचारका क्रममा काठमाण्डौको कीर्तिपुरमा रहेको वर्न अस्पतालमा आज बिहीवार ज्यान गएको हो । यसअघि हिजो स्थानीय ४० वर्षीय दीपक मण्डल, ५५ वर्षीया सुशीला पासवानको ज्यान गएको थियो ।

आगलागीमा घाइते भएका तीन जना विराटनगर–६ का ५८ वर्षीय किशोर पासवान, ६० वर्षीया रिता सरदार र कटहरी गाउँपालिका–६ की ३० वर्षीया पिङ्की कामतको कीर्तिपुरमा उपचार भइरहेको छ । आगलागीबाट झन्डै ४० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका