जोडिनुहोस
  • होमपेज
  • रास्वपा र मेरो सोच ठ्याक्कै मिलेपछि राजनीतिमा आएँ : अनिल शाह

रास्वपा र मेरो सोच ठ्याक्कै मिलेपछि राजनीतिमा आएँ : अनिल शाह

काठमाडौँ । पूर्व बैंकर अनिल केशरी शाहले नेपालीमा नेतृत्व विकासका लागि सीप प्रयोग गर्न आफू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको बताएका छन् । रास्वपा पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले रास्वपा र आफ्नो सोच मिलेको पनि बताए । ‘बैङ्किङ करिअर छाडेपछि मैले नेतृत्व विकासको तालिम दिइरहेको थिएँ’, उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीसँग मेरो लामो बहस भयो। बहसपछि मलाई लाग्यो, उहाँहरूको सोच र मेरो सोच ठ्याक्कै मिल्यो।’

यसपछि आफू रास्वपा प्रवेश गर्न तयार भएको उनको भनाई छ । ‘सबै क्षेत्रमा नेतृत्वको विकास गराउने मेरो सीप यहाँ प्रयोग गर्न सक्छु भन्ने लागेको भएर आज यहाँ आएको छु । प्रवेश भनेको फिनिसिङ लाइन होइन, सुरुवात मात्र हो ।’ शाहले सबैलाई रास्वपा प्रवेशका लागि आह्वान पनि गरे । बिहीबार रास्वपा प्रवेश गरेका शाहलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका