जोडिनुहोस
  • होमपेज
  • सरकारको खातामा १ खर्ब ६६ अर्ब रकम

सरकारको खातामा १ खर्ब ६६ अर्ब रकम

काठमाडौँ । सरकारी कोषमा नगद मौज्दात घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्म सबै बैंक तथा वित्तीय संस्थामा डिपोजिट रहेको नगद १ खर्ब ६६ अर्ब २६ करोड ४७ लाख रुपैयाँ रहेको छ । यो संघ, प्रदेश र स्थानीय सरकारको समेत पैसा हो ।

बैंकका अनुसार अघिल्लो वर्षको तुलनामा ५९ अर्ब २४ करोड २१ लाख रुपैयाँ बराबरले डिपोजिट घटेको हो । आर्थिक वर्ष २०७८/७९ को असार मसान्तमा यस्तो डिपोजिट २ खर्ब २५ अर्ब ५० करोड ६८ लाख रुपैयाँ रहेको थियो ।

सँगै अघिल्लो वर्षको सरप्लस मौज्दात समेत घटेर २ अर्ब ७ करोड रुपैयाँमा झरेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो सरप्लस ११ अर्ब ७ करोड रुपैयाँ रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका