जोडिनुहोस
  • होमपेज
  • नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्ब नाघ्याे कारोबार रकम

नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्ब नाघ्याे कारोबार रकम

काठमाडौं । साताको दोस्रो दिन नेप्से दोहोरो अंकले वृद्धि भएको छ । कारोबार रकम भने ५ अर्ब नाघेको छ । आइतबार ६२ अंकले बढेको बजार आज ११.६९ अंकले बढेर २१२९.४२ बिन्दुमा कायम भएको छ ।

आजको दिन बजारमा १ करोड १९ लाख ३ हजार ६८७ कित्ता सेयरको खरिद बिक्री भइ ५ अर्ब ३१ करोड २४ लाख २२ हजार ८७ रुपैयाँको कारोबार भएको छ ।

हिमालयन लाइफ इन्सुरेन्स लिमिटेड कम्पनीको शेयर सकारात्मक सकिर्ट लेबलमा कारोबार भएको छ । कारोबारका आधारमा शिभम सिमेन्टस ४२ करोड ५ लाख ९९ हजार ५८५ रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

त्यस्तै, उपसमूहतर्फ भने ५ वटा समूह बाहेक समूहको शेयर मूल्य बढेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका