जोडिनुहोस
  • होमपेज
  • साफ च्याम्पियनसिप : आज नेपालले पाकिस्तानको सामना गर्ने

साफ च्याम्पियनसिप : आज नेपालले पाकिस्तानको सामना गर्ने

काठमाडौँ । भारतमा जारी १४ औँ संस्करणको साफ च्याम्पियनसिपमा फुटबलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ । अखिल नेपाल फुटबल सङ्घका अनुसार समूह चरणको अन्तिम खेलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

सो खेल बैंगलोरस्थित कांतिराव स्टेडियममा दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ। साबिक उपबिजेता नेपाल र पाकिस्तान दुबै टोली प्रतियोगिताबाट भने बाहिरिइसकेका छन् ।

समूह ‘ए’ मा रहेको नेपाल २ खेलमा अङ्कविहीन रहँदै तेस्रो स्थानबाट बाहिरिएको हो भने पाकिस्तान पनि २ खेलमा अङ्क विहीन रहँदै पुछारमा रहेर बाहिरिन पुगेका हो । दुवै टोली भारत र कुवेतसँग पराजित भएर प्रतिस्पर्धा बाहिर रहन पुगेका हुन् ।

पहिलो खेलमा नेपाल कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो भने पाकिस्तान पहिलो खेलमा भारत र दोस्रो खेलमा कुवेतसँग पराजित भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका