जोडिनुहोस
  • होमपेज
  • त्रिभुवन विमानस्थलबाट लागुऔषधसहित विदेशी पक्राउ

त्रिभुवन विमानस्थलबाट लागुऔषधसहित विदेशी पक्राउ

काठमाडौँ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषधसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोल्दोभा र रोमानियाको राहदानी बाहक ४१ वर्षीय डेनिस कुकेरिया रहेका छन् ।

अन्तर्राष्ट्रिय उडानतर्फको ब्यागेज चेकिङ एरियाबाट अवैध चरेशजस्तो देखिने पदार्थ ८ केजी ७ सय ४० ग्राम, टर्किस एयरलाईन्सको ब्याग ट्यागसहितको बोर्डिङ पास २ थान, २ हजार ५ सय भारतीय रुपियाँ, २ हजार ३ सय ९० युरो, २ सय ६० पाउण्ड स्टर्लिङ र मोबाइल ३ थानसहित उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

टर्किस एयरलाईन्सको उडानद्वारा काठमाडौँबाट इस्तानबुल हुँदै जुरिच स्वीटजरल्याण्ड प्रस्थान गर्न लागेका उनको लगेज जाँच गर्ने क्रममा लगेजभित्र फल्सबटम बनाई खैरो रंगको प्लास्टिकले र्‍यापिङ गरी लैजान लागेको उक्त परिमाणको लागुऔषध र नगदसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचर र लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका