जोडिनुहोस
  • होमपेज
  • चोटका कारण सोमपालले विश्वकप छनोटमा समूह चरणका बाँकी खेल गुमाउने

चोटका कारण सोमपालले विश्वकप छनोटमा समूह चरणका बाँकी खेल गुमाउने

काठमाडौं । तीव्र गतिका बलर सोमपाल कामीले चोटका कारण आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणका बाँकी तीन खेल गुमाउने भएका छन् ।

जिम्बाबेविरुद्धको पहिलो खेल खेलेका सोमपालको चोरी औला र बुढी औलाको बिचको भागको मासु फाटेपछि उनको हातमा दुई वटा टाँका लगाइएको र अब उनले एक हप्ता आराम गर्नुपर्ने नेपाली राष्ट्रिय क्रिकेट टिमका एक अफिसियलले जानकारी दिए ।

एक हप्ता आराम गर्नुपरेपछि अब सोमपालले आज हुने अमेरिकाविरुद्धको खेल साथै वेस्ट इन्डिज र नेदरल्यान्ड्सविरुद्धको खेल गुमाउनेछन् । यदि नेपाली टिम सुपर सिक्समा पुगे सोमपाल त्यसपछिका खेलमा उपलब्ध हुनेछन् ।

विश्वकप छनोटको पहिलो खेलमा नेपाल जिम्बाबेसँग ८ विकेटले पराजित भएको थियो । आज नेपालले दोस्रो खेलमा अमेरिकाको सामना गर्नेछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका