जोडिनुहोस
  • होमपेज
  • रुपन्देहीमा सवारी दुर्घटना परी एक जनाको मृत्यु, ३ जना घाइते

रुपन्देहीमा सवारी दुर्घटना परी एक जनाको मृत्यु, ३ जना घाइते

बुटवल । रुपन्देहीमा आज भएका छुटाछुटै सवारी दुर्घटना परी एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–१३ बेलबासमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार सुर्खेतबाट वीरगन्जका लागि छुटेको प्रदेश–३–००१ ख ०५७१ नम्बरको बसले लु २९ प ८६८३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक अन्दाजी २८ वर्षका युवाको मृत्यु भएको छ ।

मृतकको अहिलेसम्म परिचय खुलेको छैन शवलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको प्रहरीले जनाएको छ ।

काठमाडौँदेखि गुल्मीका लागि छुटेको ना ६ ख १९८४ नम्बरको बस रुपन्देहीको देव दह चरङ्गेमा आज बिहान दुर्घटना भएको छ । दुर्घटनामा परी ३ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले दुवै घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका